Kath khabar
रक्तदान गर्नुअघि के कुरामा ध्यान दिने ?

 

               काठमाडौं, जेठ ३१ । रक्तदान गरेर कसैको ज्यान बचाउन सकिन्छ । त्यसैले यसलाई विशेष बनाउन र यसबारे जनचेतना फैलाउन हरेक वर्ष जुन १४ लाई विश्व रक्तदाता दिवसका रूपमा मनाइन्छ ।

विश्वभर उपचारका क्रममा रगतको अभावका कारण वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । तर रगत वा प्लाज्मा दान गरेमा कसैको जीवन बचाउने उत्कृष्ट माध्यम बन्न सक्छ।

रक्तदान गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ :
१) रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जण्डिस, मधुमेह, क्षयरोग, एड्स र यौनरोग लागेको हुनुहुँदैन ।
२) रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोविनको मात्रा १० प्रतिशत भन्दा कम हुनुहुँदैन ।
३) १८ देखि ६० वर्षका मानिस रक्तदान गर्ने उमेर समुहमा पर्दछन् ।
४) रक्तदान गर्ने मानिसको तौल ४० केजी भन्दा माथि हुनुपर्दछ ।
५) रक्तदान गरेको ३ महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेको सुत्केरी र महिनावारी भएको अवस्थामा पनि रक्तदान गर्नु हुँदैन ।
६) रक्तदान गर्नुअघि मानिस भोकै बस्नु हुँदैन । रक्तदान गर्नुभन्दा ३ घण्टा अघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ र रक्तदानको समयमा जुसको सेवन गर्दा स्वास्थ्यलाई राम्रो हुन्छ ।
७) रक्तदान व्यक्तिले रक्तदान गर्नुभन्दा २ घण्टा अगाडि धुम्रपान गर्नुहुँदैन र करिब २४ घण्टा अगाडिसम्म शरीरमा मदिरा सेवन गर्नुहुँदैन । धुम्रपान नगर्ने र मदिरा सेवन नगर्ने व्यक्तिलाई रक्तदानका लागि उत्तम मानिन्छ ।
८) यस बाहेक रगत दान गर्दा व्यक्तिले आफूलाई शान्त राख्नुपर्छ र झोलामा रगत भरिएको देखेर आत्तिनु हुँदैन।
९) रक्तदान गरेपछि व्यक्तिले करिब १० मिनेट आरामसँग सुत्नु आवश्यक हुन्छ। एकै समयमा, डाक्टरसँग जाँच गरेपछि मात्र उठ्नुपर्छ। यसबाहेक रक्तदान गरेपछि कुनै पनि प्रकारको स्वस्थ र तरल पदार्थ सेवन गर्नुपर्छ । यस्तो अवस्थामा मानिसहरु फलफूलको जुस पिउनु राम्रो ठान्छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update