Kath khabar
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु

 

                उत्तर प्रदेश, असार ३ ।  भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला २ दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।  प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि ३ सय किलोमिटर परको बालियामा पछिल्ला २ दिनमा धेरै मृत्यु भएको हो ।

त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ । चर्को गर्मीमा नियमित विद्युत आपूर्ति हुन नसक्दा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

मूख्यमन्त्री योगी आदित्यनाथले विद्युत आपूर्ति नियमित गर्न र आपूर्तिमा विभेद नगर्न आदेश दिनुभएको छ । उता, भारतकै राजस्थानमा भने भारी वर्षापछिको बाढीले बेहाल बनाएको छ । बिपरजोए समुद्री आँधीको प्रभाव परेको राजस्थानमा पछिल्ला २ दिनमा भएको भारी वर्षाले तवाह मच्चाएको हो ।

आँधी, हुरी, वर्षा र बाढीका कारण ५ सय गाउँमा विजुली समेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update