Kath khabar
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्‍या

 

                  सरी, असार ५ ।  भारतीय प्रहरीको फरार सूचीमा रहेका खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको क्यानडामा गोली हानेर हत्या भएको छ। 

स्थानीय समय अनुसार आइतबार राति साढे ८ बजे क्यानडाको सरी शहरमा २ जनाले उनीमाथि गोली हानेर हत्या गरेको भारतीय समाचारपत्र द हिन्दुले जनाएको छ। 

गुरूद्वाराको पार्किङमा लटमा गाडी भित्र बसिरहेका उनको २ अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको हो। घटनापछि दुबै जना फरार भएका छन्। हत्यापछि खालिस्तानी समुदायले प्रदर्शन समेत गरेका थिए। 

हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। 

जलन्धरको भरसिंहपुरका उनी विरूद्ध पन्जाब प्रहरीले पनि केही मुद्दा दायर गरेको छ। उनी सन् १९९७ मा क्यानडा पुगेका थिए। त्यहाँ आफ्नी श्रीमती र २ छोरासँग बस्दै आएका थिए।

उनी विरूद्ध सन् २०१६ मै रेड नोटिस जारी भएको थियो। सन् २०२२मा एनआइएले उनलाई पक्राउ गर्न सुराक दिने व्यक्तिलाई १० लाख भारू दिने घोषणा गरेको थियो। 

भारतमा खलिस्तानको अभियान चलाइरहेका प्रमुख नेता अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्। उनलाई गत वैशाखमा पन्जाव प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update