Kath khabar
बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा

 

                   काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । मेयर बालेनको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै अर्यालले पदबाट राजीनामा दिएको जनाएकी छन्।

पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

"दुर्भाग्यवश, हालैका केही कार्यहरू, निर्णय लिने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यताको विरुद्धमा भएका छन् र अरूले मेरो लागि चीजहरू घरको धेरै नजिक ल्याएका छन्, स्वार्थको द्वन्द्वको स्थिति सिर्जना गरेको छ र त्यसैले मैले राजीनामा दिएको छु।" उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन् 'म विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतन्त्रको लागि जुन मैले मेरो वयस्क जीवनभर गर्दै आएको छु त्यसैलाई निरन्तरता दिनेछु।'

गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । सामाजिक अभियन्ता रेशु हबेली आउटडोर लर्निङ सेन्टरको संस्थापक निर्देशक पनि हुन् ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update