Kath khabar
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै

 

               काठमाडौं, असार ११ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु  हुने जनाएको छ ।

एन्फाले ’ए’ डिभिजन लिग क्लबसँगको छलफल पछि लिगको नयाँ मिति तय गरेको हो । यसअघि लिग असार २३ गतेदेखि शुरु हुने बताइएको थियो । क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नु पर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ ।

लिगको खेल तालिका असार २५ मा सार्वजनिक हुनेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३  लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update