Kath khabar
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै

 

                   बैंगलुरु, असार ११ । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुवै खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।

समूह 'ए' मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्ने भएको छ । पाकिस्तान पनि लगातार २ खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । त्यसैले दुवै टिमको लागि यो खेल औपचारिकता मात्रै हुनेछ । दुवै टिम सान्त्वना जित सहित घर फर्कने चाहन्छन् ।

पहिलो खेलमै आमन्त्रित टिम कुवेतसँग ३-१ ले पराजित भएको नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो ।

'अब नेपालको एउटै लक्ष्य कम्तीमा एक खेल भए पनि जित्ने नै हो।' कोच भिन्सेन्जो अल्बर्टो एनीसे 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update