Kath khabar
अब कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही 


               काठमाडौं, असार ११ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ।

महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०/८१का लागि लिइने शुल्क विवरण असार मसान्त भित्र बुझाउन निर्देशन दिएको हो।

विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ। तोकिएभन्दा बढी शुल्क लिएमा कारवाही गर्ने महानगरले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update