Kath khabar
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित

 

                 बेङ्गलोर, असार १२ ।  १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।

भारतको बेङ्गलोरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह 'ए' बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारत बीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update