Kath khabar
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा

 

             क्वालालम्पुर, काठमाडौं, असार १३ ।  एसिसी यू-१६ इस्टर्न जोन कप २०२३ मा नेपाल सेमिफाइनलमा पुगेको छ। बुधबार थाइल्यान्डमाथि २२५ रनको सानदार जितसहित नेपाल अन्तिम ४ मा पुगेको हो। 

नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो। थाइल्यान्डका लागि ओपनर दनुफोनले १२ रन र इसन बेनर्जीले १६ रन जोडे। 

बलिङमा नेपालका सन्तोष यादवले ५ विकेट लिए। उनले ३.२ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए। अशोक धामीले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट हात पारे। अशोकले ३ ओभरमा २ मेडन राख्दा ४ रन मात्र दिए। अभिषेकले ४ ओभरमा १ मेडन राखे भने २१ रन खर्चिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेटको क्षतिमा २६९ रन जोड्यो। नेपालका लागि निरज कुमार यादवले ७४ रन जोडे। यस्तै नरेन भट्टले ४३ बलमा ५५ रन, सन्तोष यादवले ३६ बलमा ४२ रन र ओपनर सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए। 

नेपालले पहिलो खेल जित निकाल्दै सेमिफाइनलमा यात्रा तय गर्न सफल भयो।  यो समूहको थाइल्यान्ड लगातार २ खेलमा पराजित भएपछि नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो।

३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ। नेपाल र मलेसियाबीच पर्सी प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update