Kath khabar
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट


              काठमाडौं, असार १३ ।  सरकारले ल्याएको आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। बुधबार दोस्रो पटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियाबाट बजेट बहुमतले पारित भएको हो। 

विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो। 

विनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गर्दै गर्दा एमालेका सांसदले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियामा गएको थियो। बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था संशोधन भएको छ। 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update