Kath khabar
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो

 

                     काठमाडौं, असार १५ ।  अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। विभिन्न ५ आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। 

ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा उनीहरूलाई फर्काइएको हो।आर्थिक वर्ष २०७५/७६ मा अमेरिका पुगेका ४५ जना पुरूष डिपोर्ट भएका थिए। २०७६/७७ मा ८१ पुरूष र २ जना महिला डिपोर्ट भएका थिए। 

आर्थिक वर्ष २०७७/७८ मा २८ जना पुरूष र २ जना महिला डिपोर्ट भएका थिए। २०७८/७९ मा १३ जना पुरूष र २०७९/८० मा ७ पुरूष डिपोर्ट भएको तथ्यांक छ। नेपालीहरू विभिन्न अवैध बाटो मार्फत् अमेरिका छिर्ने गरेका छन्। 

यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। 

भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो।

पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update