Kath khabar
द भ्वाइस अफ नेपाल ४ विजेता करण र कोच राजुको ‘धन्यवाद’ सार्वजनिक



                   काठमाडौं, असार १७ । चर्चित गायक राजु लामा र द भ्वाइस अफ नेपाल सिजन ४ विजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र विजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेन्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको बारेमा करणले लेखेका छन् ‘ नमस्कार/सेवा/सेवारो सम्पूर्णमा ! ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा यहाँहरूले जति माया, साथ, हौसला र आशीर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ । तथापि हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु/कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दहरु सहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौँ । आशा छ ! यहाँहरुले हामीलाई यसैगरी माया, प्रेम, साथ, हौसला र आशीर्वाद दिइरहनु हुनेछ ।

‘धन्यवाद’ गीतको भिडियोमा गुरुचेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरूमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update