Kath khabar
धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डनको सम्मान


             काठमाडौं, असार १७ । धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई (हर्क  साम्पाङ्ग) ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसँगै “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “ले समेत कदर गरेको छ ।

मेयर हर्कराज राई (हर्क साम्पाङ्ग) ले यही श्रमसंस्कृतिको प्रर्वद्धन गर्दै ९८ दिनमा करीब ४२  किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन“ ले उक्त कार्यको  मान्यता सहित  कदर गर्दै सम्मान गरेको छ ।  

शुक्रबार  धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानव धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्तरुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए ।

“वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “को कदरपत्र पाएपछि प्रफुल्लित हुदै मेयर हर्क साम्पाङ्गले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए ।

“वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र उहाँको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए ।  


 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update