Kath khabar
निजी विद्यालयको छात्रवृत्तिका लागि प्रवेश परीक्षा काठमाडौं महानगरले गर्ने


                काठमाडौं, असार १८ ।  काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोट अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गर्दै शैक्षिक सत्र ०८०/८१ देखि महानगर आफैँले छात्रवृत्ति सम्बन्धी प्रवेश परीक्षा गर्ने जनाएका हुन् ।

उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, ०७५ तथा शिक्षा नियमावली, ०७४ मा व्यवस्था भए बमोजिम छात्रवित्तृ सम्बन्धी परीक्षा आफैँ सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायत छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने बताएका छन् ।

kmc1688372529.jpg

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update