Kath khabar
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि

 

             काठमाडौं, असार १९ ।  नेपालले १६ वर्ष मुनिका खेलाडीहरूको एशियाली क्रिकेट प्रतियोगिता एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ।

एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दैं उपाधि उचालेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो। मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ३१ रन जोड्न सफल भयो। 

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेलेर नेपाललाई जितको नजिक पुर्‍याएका थिए। 

त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए। सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे। मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १/१ विकेट लिए।  

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update