Kath khabar
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित

 

                काठमाडौं, असार २० ।  नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ । साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो ।

साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल समूह चरणमा कुवेतसँग ३-१ र भारतसँग २-० गोलले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो । 

आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् ।

उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update