Kath khabar
गायक, अभिनेता रविन तामाङको अन्तिम संस्कार असार २४ गते स्वयम्भूमा गरिने

                 

                काठमाडौं, असार २१ ।  यही असार १९ गते मंगलबार बिहान हृदयघातका कारण असामयिक निधन भएका गायक, अभिनेता ‘रविन एन्ड द न्यु रिभोलुसन ब्यान्ड’का संस्थापक रविन तामाङको असामयिक निधनले नेपाल लगायत संसारभरका नेपाली संगीत प्रेमीहरूलाई ठूलो आघात पारेको छ ।

गायक तामाङका शुभेच्छुकहरूलाई उनको अन्तिम संस्कार असार २४ गते आइतबार स्वयम्भूमा गरिने जानकारी ब्यान्डका गिटारिस्ट, अरेंजर हरि महर्जनले जानकारी गराउनु भएको छ।

नेपाली रक संगीतका मियो बनेका गायक तामाङको अन्तिम बिदाइमा सम्पूर्ण शुभेच्छुक र इष्टमित्र सरिक भई उहाँप्रतिको माया दर्साउन हार्दिक अनुरोध गर्नु भएको छ ।

गायक तामाङको स्वयम्भूमा हुने अन्तिम संस्कार अघि गरिने शोक सभाको मिति, समय र स्थानबारे अर्को सूचना मार्फत जानकारी गराइने महर्जनले बताउनु भयो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update