Kath khabar
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु


                  क्यालिफोर्निया, असार २४ ।  अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।

गत मंगलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा १ जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए। संघीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update