Kath khabar
९एनएबीबीमा विमान अपहरणको कथा



           काठमाडौं, असार २७ । वि.सं. २०३० सालताका नेपालमा भएको पहिलो विमान अपहरणका विषयमा आधारित रहेर फिल्म ‘९एनएबीबी’ निर्माण हुने भएको छ । थण्डर प्रोडक्सनले यो फिल्म बनाउन लागेको हो ।

निर्माण पक्षले फिल्मको फस्टलुकसमेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी २०८३ जेठ २८ गते रिलिज हुनेछ । यो मिति विमान अपहरणको ५३ वर्षपछिको हो । फिल्ममा विजय कार्कीको निर्देशन रहनेछ । उनका अनुसार फिल्मको कथा अन्तिम चरणमा पुगेको छ । उनका अनुसार ऐतिहासिक कथामा फिल्म बनाउन लागिएकोले नेपाली फिल्ममा नाम चलेका कलाकारलाई लिइनेछ ।

‘फिल्मले केही लुकेका कथालाई पनि बाहिर ल्याउनेछ । त्यो बेला खास के भएको थियो भन्ने कुरा पनि थाहा हुनेछ । यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरुसँग हामी नियमित सम्पर्कमा रहेर कथा तयार पार्दैछौं’, निर्देशक विजयले भने, ‘यो फिल्मले विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाउनेछ ।

यो विमान पञ्चायतका विरुद्धको आन्दोलनका बेला अपहरण गरिएको थियो । जसको नेतृत्व बीपी कोइरालाले गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update