Kath khabar
कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने  विद्यार्थीहरुका लागि अनलाइन आवेदन खुल्यो


               काठमाडौं, असार २८ । काठमाडौं महानगरपालिकाले महानगरभित्र कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आज बिहान १० बजेदखि अनलाइन आवेदन खुलेको जानकारी दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै असार २८ गते आज बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन महानगरले आव्हान गरेको छ ।

छात्रवृत्तिका लागि अनलाइनमार्फत आवेदन दिएकाहरुको परीक्षा साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने सूचनाका जनाएको छ । छात्रवृत्तिको लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा परीक्षा हुने महानगरको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update