Kath khabar
रेकर्ड भएको ३५ वर्षपछि आयो नारायण गोपालको कालजयी गीत 'केही मीठो बात गर' को भिडियो



              काठमाडौं, असार २९ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत 'केहि मिठो बात गर ’को  रेकर्ड भएको ३५ वर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ ।

बिहीवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच 'केही मिठो बात गर' भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले  २०४५  सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो ।  

नारायणगोपाल संगीत कोषसँगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो। गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ । भिडियोमा चालीसको दशकको नेपालको परिवेशलाई  समेटिएको छ । सुव्रत  आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन ,कलर तथा  भिएफक्स  र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ ।

भिडियोलाई  म्युजिक नेपालले बजारमा ल्याइएको हो । ४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय  उत्पादन र व्यवस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन्  ।

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update