Kath khabar
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा

 

                  क्यालिफोर्निया, असार २९ । अमेरिकी फिल्म उद्योग हलिउडका कलाकारहरूले आन्दोलनको घोषणा गरेका छन् । फिल्म तथा रङ्गमञ्च र टेलिभिजन कलाकारहरूले स्ट्रिमिङ कम्पनी विरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनमा स्क्रिन राइटर्स गिल्ड (एसएजी) ले पनि ऐक्यबद्धता जनाएको छ । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीसँगको वार्ता असफल भएपछि कलाकारहरूले आन्दोलनको घोषणा गरेका हुन् । झन्डै १ लाख ६० हजार जना कलाकार आन्दोलनमा सहभागी हुँदैछन् ।

गएको ४० वर्षमा अमेरिकी रङ्ग कलाकारले शुरु गरेको यो सबैभन्दा ठूलो आन्दोलन रहेको बीबीसीले जनाएको छ । पहिलो चरणमा उनीहरूले क्यालिफोर्नियाको नेटफ्लिक्सको कार्यालयमा धर्ना दिएर आन्दोलन शुरु गर्ने तयारी गरेका छन् । नेटफ्लिक्स पछि उनीहरूले प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउ गर्ने बताएका छन् ।

उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update