Kath khabar
पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोकौँ : कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी


                काठमाडौं, असार ३१ ।  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन्।  

विवादित भएको भन्दै नेता सिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै यसको भण्डाफोर गर्न आह्वान गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले पूर्वकर्मचारीहरू अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको भन्दै अगाडि भन्छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ। राजनीतिक शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाब किताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन मात्र लागेको एकपछि अर्को घटना क्रमले देखाएको छ।’

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update