Kath khabar
अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित

 

              वासिङ्टन, असार ३१ । अमेरिकामा पनि अत्यधिक तापक्रम सहितको उष्णलहरको पूर्वानुमान गरिएको छ र दक्षिणपूर्वी क्षेत्रमा चेतावनीहरू जारी गरिएको छ।  तापक्रम सावधानी सम्बन्धी सूचनाले अमेरिकाको फ्लोरिडा, टेक्सस, क्यालिफोर्निया देखि वासिङ्टनसम्मका ११ करोड मानिसहरूलाई प्रभावित गरेको थियो।

मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ। आगामी दिनमा करिब २ करोड ७० लाख मानिसहरूले ४३ डिग्री सेल्सियस भन्दा बढीको तापक्रम सामना गर्ने पूर्वानुमान गरिएको छ।

निश्चित समयमा अधिक गर्मी हुने मौसमको प्राकृतिक प्रणाली भए पनि विश्वव्यापी तापमान वृद्धिका कारण संसारभर यस्तो अवस्था छिटो छिटो, अत्यधिक र लामो समयसम्म रहने गरेको छ।  शनिवारको उष्ण लहर पुगेको क्षेत्रका मानिसहरूलाई बिहान ११ बजेबाट साँझ ६ बजेसम्म प्रत्यक्ष घामको प्रकाशमा नपर्ने  सरकारले सुझाव दिएको छ। त्यहाँको सरकारले ज्येष्ठ नागरिक र स्वास्थ्यको जोखिममा रहेका मानिसहरूलाई विशेष हेरचाह पुर्‍याउन पनि भनेको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update