Kath khabar
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे

 

              काठमाडौं, साउन १ ।  स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् ।

साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।

२० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौँ सेटमा जिते । पहिलो सेट ६-१ ले गुमाएका अल्कराजले दोस्रो र तेस्रो सेटमा ७-६ र ६-१ को जित निकाले ।

तर चौथो सेटमा जोकोभिच ६-३ ले विजयी भए । पाँचौँ सेटमा अल्काराज ६-४ ले विजयी हुँदै उपाधि जित्न सफल भए ।जितसँगै अल्काराजले आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update