Kath khabar
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा

 

              सोल, साउन ३ ।  उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । उत्तर कोरिया र दक्षिण कोरिया बीच २ देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका बीबीसीले जनाएको छ ।

यो क्षेत्र २ वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरा मार्फत पनि निगरानी भइरहेको हुन्छ ।

संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ । गरिबी र अनिकालबाट भागेर उत्तर कोरियाबाट हरेक वर्ष हजारौँ मानिस अन्य देशमा पुग्न प्रयास गर्छन् । तर यो क्षेत्र पार गर्न मुस्किल छ ।

दक्षिण कोरियाले यसअघि सन् २०१७ मा उत्तर कोरियाली एक सैनिकले यो क्षेत्र पार गर्ने प्रयास गर्दा ४० वटा गोली लागे पनि बच्न सफल भएको बताएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update