Kath khabar
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त

 

                अकल्यान्ड, साउन ४ ।  फिफा महिला विश्वकप फुटबल बिहीबार (आज) देखि शुरु हुँदैछ। नवौं संस्करणको यो विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।

यो महिला विश्वकपलाई हालसम्मकै ठूलो महिला विश्वकप मानिएको छ। किनभने यस संस्करणमा पहिलो पटक  ३२ टिमबीच भिडन्त हुँदैछ भने संयुक्त आयोजक रहेको पनि यो पहिलो विश्व कप हो।

आज उद्घाटन दिन २ खेल हुँदैछ। न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम इडेन पार्कमा हुने उद्घाटन खेलमा नर्वेले आयोजक न्युजिल्यान्डका सामना गर्नेछ। अर्को खेलमा भने अर्को आयोजक अष्ट्रेलिया र आयरल्यान्ड बीच भिडन्त हुनेछ।

अमेरिका महिला विश्वकपको डिफेन्डिङ च्याम्पियन टिम हो।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update