Kath khabar
महिला विश्वकप : इङ्ल्यान्डले हैटीलाई हरायो, डेनमार्कले चीनलाई, आज ३ वटा खेल हुँदै

 

                ब्रिस्वेन, साउन ७ ।  फिफा महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले हैटीलाई हराएको छ । अष्ट्रेलियाको ब्रिस्वेनमा भएको खेलमा इङ्ल्यान्डले हैटीलाई १-० गोलले हरायो ।

इङ्ल्यान्डका लागि जार्जिया स्टानवेले पेनाल्टीमा गोल गरिन् । समूह 'डी' मा रहेको इङ्ल्यान्डले जितसँगै ३ अङ्क जोड्न सफल भएको छ ।

फिफा महिला विश्व कप फुटबलमा डेनमार्कले चीनलाई हराएको छ । अष्ट्रेलियाको  पर्थमा भएको खेलमा डेनमार्कले चीनलाई १-० गोलले हरायो । खेल बराबरी तर्फ गइरहेको अवस्थामा ८९औँ मिनेटमा भेन्सगार्डले गोल गरेर टिमलाई जिताइन् ।

जितसँगै समूह 'डी' को डेनमार्कले ३ अङ्क जोडेको छ । यसै समूहबाट हैटीलाई हराएको इङ्ल्याण्डले पनि ३ अङ्क जोडेको छ । 

फिफा महिला विश्वकप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ का स्वीडेन र दक्षिण अफ्रिका खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । त्यस्तै अर्को खेलमा दिउँसो सवा १ बजे समूह ‘ई’ का नेदरल्यान्डस् र पोर्चुगल तथा दिउँसो पौने ४ बजे समूह ‘एफ’ का फ्रान्स र जमैका बीच खेल हुनेछ ।

३२ टोलीको सहभागिता रहेको विश्वकपमा हिजो भएको खेलमा डेनमार्क, अमेरिका, इंल्याण्ड् र जापान विजयी भएका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update