Kath khabar
निशान गाडीको ठक्करबाट ललितपुरमा एक बालकको मृत्यु


                    ललितपुर, साउन २३ । निशान गाडीको ठक्करबाट ललितपुरमा एक बालकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२२ फर्सिडोल ओम श्री इँटाभट्टा उद्योगभित्र प्रदेश ०३-०१-००३ प ९०८३ नम्बरको निसान गाडीको ठक्करबाट सोही इँटाभट्टामा काम गरी बस्ने रोल्पा कोटगाउँ गाउँपालिका-६ घर भएका २० वर्षीय सुरेस कुमालको छोरा ५ वर्षीय सागर कुमालको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडीका सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update