Kath khabar
इमाडोलमा साझा बसले ठक्कर दिदा ५ वर्षीय बालकको मृत्यु

                       
                 ललितपुर, साउन २८ । ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको साझा बसको ठक्करबाट पैदलयात्री ओखलढुङगा घर भई सोही नगरपालिका–८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझीको शनिबार दिउँसो मृत्यु भएको छ । ति महिला सोहि बसबाट झरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

ठक्करबाट आमाछोरा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई किष्ट अस्पताल लगेकोमा उपचारको क्रममा प्रियांशको मृत्यु भएको हो । घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update