Kath khabar
टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन सुरु हुने



                      काठमाडौं, साउन २९ । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ फिजिकल अडिसन सुरु हुने भएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो ।

श्रावण ३० गते अर्थात् भोली मंगलबार देखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ ।

यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ ।  शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ। आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update