Kath khabar
ललितपुरको कुमारीपाटीमा आगलागी

 

                     ललितपुर, भदौ ११ । ललितपुरको कुमारीपाटीमा आगलागी भएको छ । सोमबार बिहान ९ः३० बजे कुमारीपाटीस्थित एक घरमा आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दुईवटा दमकलले आगो निभाएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । अहिले आगो नियन्त्रणमा आइसकेको उनले बताएका छन् ।

एसी सर्ट भएर आगलागी भएको बताईएको छ । आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update