Kath khabar
चर्चित गायक कुवँरले अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने


 
                 काठमाडौं, मंसिर ६ । नेपाली युवापुस्ता माझ निकै चर्चित उदयमान गायक नितेश जंग कुँवरले अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भनेका छन् । रोटेपिङ्गले ५ सहरमा आयोजना गर्न लागेको कार्यक्रम फेब्रुअरी २०२४ मा हुँदैछ ।

दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशका हितैको माया, हाम्रो नेपालमा, निष्ठुरी मोरी, रङ्गिन त्यो भित्तामा, खोलै खोला लगायतका गीतहरु चर्चित छन् । नेपाली युवापुस्ता माझ कुवँरको प्राय सबै गीतहरू लोकप्रिय छन् । उक्त कार्यक्रममा गायिका समृद्धि राईले समेत आफ्नो प्रस्तुति दिनेछिन् ।  कार्यक्रमको अग्रिम टिकट शुक्रबारदेखि खुल्दैछ ।   

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update