Kath khabar
इन्डियन आइडलमा रणवीरले छोए मेनुकाको खुट्टा


                    काठमाडौं, मंसिर ८  । नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा आफ्नो  भावपूर्ण आवाजले शोमा धमाका मचाइरहेकी छन् ।

मेनुका पौडेलको प्रदर्शनबाट भारतका हरेक कलाकार प्रभावित भएका छन् । उनले आफूलाई शोको सबैभन्दा प्रतिभाशाली प्रतियोगी मध्ये एक साबित गरिरहेकी छिन् । उनले शो हरेक प्रस्तुतिहरुमा जजहरुको मन जित्दै आएकी छन् ।

बिहिबारको कार्यक्रममा आफ्नो चलचित्र एनिमलको प्रचार गर्न रणवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेका थिए । त्यहा मेनुकाले तमाशाको ‘तुम साथ हो’ गीत गाएर कलाकारलाई मन्त्रमुग्ध बनाइन् ।

मेनुकाको प्रस्तुती देखेर कलाकार रणबिर स्टेजमा गएर म तपाईको आशिर्वाद लिन चाहन्छु भन्दै मेनुकाको खुट्टा ढोगेका छन् । उनले मेलोडी क्विन श्रेया घोषालसँग तुलना गर्दै मेनुकालाई ‘देवी’ भनेका छन् । मेनुकाले पनि रणबिरसँग केही रमाइलो गर्दै 'सुनेको छु तपाई धेरै प्यारो र सुन्दर हुनुहुन्छ' भनेकी छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update