Kath khabar
‘मिसन ८४’ ले देश बन्दैन भन्ने बालेन शाहको व्यंग्य कसलाई ?

 

                      काठमाडौं, मंसिर १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले राजनीतिक दलका नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति व्यंग्य गरेका हुन् । केही दलले अहिले नै आगामी निर्वाचनका लागि तयारी ‘मिसन ८४’ भन्दै अगाडि बढिरहेको समयमा उनले व्यंग्य गरेका हुन् ।

उनले कवितात्मक शैलीमा लेखेका छन्, "देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ।"

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update