Kath khabar
ललितपुरको सानागाउँमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

 

                        ललितपुर, मंसिर १४ । ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update