Kath khabar
फेसबुकमा भाइरल एआईले तयार पारेका फोटो जस्तै तपाईँ पनि बनाउन चाहनुहुन्छ ?

 

                  काठमाडौं, मंसिर १५ ।  पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको फोटो निकै रुचाइएका छन् । नेपालको ग्रामीण भेगतिर मानिसहरू बसेर चिया पिइहेको वा चिया कपमा राख्न लागेको फोटोहरू प्रायः प्रयोगकर्ताको रोजाइमा परेका छन् ।

सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणी हेर्ने हो भने केही प्रयोगकर्ताले ती फोटो वास्तविक हुन् भन्ने सोचिरहेका छन् । वास्तवमा फेसबुकका विभिन्न मिम पेजमा देखिएका ती तस्वीर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुलको सहायताले तयार पारिएको हो ।

सामाजिक सञ्जालमा देखिएका जस्ता तस्वीर बनाउन सबैभन्दा उपयुक्त टुल हो, बिङ एआई । यो टुल माइक्रोसफ्टले ओपनएआईको ड्यालईलाई इन्ट्रिगेट गरेर तयार पारेको हो ।

तपाईं विन्डोज प्रयोगकर्ता हुनुहुन्छ भने एज ब्राउजरबाट सोझै यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य ब्राउजर, एन्ड्रोइड तथा आईओएसबाट पनि यो टुल प्रयोग गर्न सकिन्छ ।

अन्य ब्राउजरमा प्रयोग गर्न यहाँ क्लिक गरी माइक्रोसफ्ट अकाउन्ट मार्फत साइनअप गर्नुपर्ने हुन्छ । त्यस्तै एन्ड्रोइडमा यो एप प्रयोग गर्न र आईओएसमा प्रयोग गर्नका लागि क्लिक गरेर इन्स्टल गर्नुहोस् ।

ब्राउजरमा यो लिङ्क सर्च गर्नुहोस् । त्यसपछि च्याटबक्स खुल्छ । सो च्याटबक्समा आफूले चाहेको तस्वीरलाई शब्दका रूपमा लेख्नुहोस् । त्यस शब्दलाई नै प्रम्प्ट भनिन्छ । तपाईंले जस्तो निर्देशन दिनुभयो बिङ एआईले त्यस्तै किसिमको तस्वीर तयार पारिदिन्छ ।

उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea.) यस्तो प्रम्प्ट दिनुभयो भने एआईले अहिले सामाजिक सञ्जालमा बढी देखिएको जस्तै तस्वीर बनाइदिन्छ । उक्त तस्वीरलाई बिना कुनै वाटरमार्क हाई क्वालिटीमा डाउनलोड गर्न सकिन्छ । यो टुलको सहायताले आफूले चाहे जतिका तस्वीर तयार पार्न सकिन्छ ।

एडोबी फायरफ्लाई : 

एडोबी फायरफ्लाई यस्तो टुल हो, जसले टेक्स्टको भरमा फोटो बनाउने मात्र नभइ कुनै पनि फोटोलाई एडिट गर्न सक्छ ।

लिओनार्दो एआई :

अन्य एआई टुल जस्तै लिओनार्दो एआईमा पनि शब्दकै भरमा फोटो बनाउन सक्छ । सटीक फोटोहरू तयार पार्न सक्ने यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, सीमित क्रेडिट मात्र दिइएको हुन्छ ।

तस्वीर बनाउँदा उक्त क्रेडिट सङ्ख्या घट्छ । तपाईंले सामान्यतः १० भन्दा बढी तस्वीर निःशुल्क बनाउन सक्नुहुन्छ । लिओनार्दो एआई प्रयोग गर्न तलकाे प्रक्रिया अपनाउनुहोस् । 

  • क्रियट एन अकाउन्ट लेखिएको बक्समा क्लिक गर्नुहोस् ।  
  • त्यसपछि गुगल, माइक्रोसफ्ट वा एप्पल अकाउन्ट प्रयोग गरेर सोझै साइनअप गर्न वा ईमेल मार्फत पासवर्ड राखेर अकाउन्ट बनाउन सक्नुहुन्छ । सजिलोको लागि गुगलको अप्सन छानेर आफूले चाहेको गुगल अकाउन्ट प्रयोग गर्नुहोस् । 
  • अनि आफ्नो युजरनेम राख्नुहोस् र आफूले सो टुल किन प्रयोग गर्न चाहेको भन्ने अप्सन छान्नुहोस् । 
  • यति गरिसके पछि अन्तिममा रहेको ‘स्टार्ट युजिङ लिओनार्दो’ को बटनमा ट्याप गर्नुहोस् । 
  • यति भएपछि तपाईंको लिओनार्दो अकाउन्ट तयार हुन्छ । तपाईंले सबैभन्दा पहिले १५० ओटा क्रेडिट निःशुल्क पाउनुहुन्छ । एक पटक प्रम्प्ट दिंदा २० क्रेडिट खर्च हुन्छ । 
  • यति भएपछि सबैभन्दा माथि ‘टाइप अ प्रम्प्ट’ को बक्समा प्रम्प्ट राख्नुहोस् । उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea) टाइप गरेर सर्च गर्नुहोस् । (आफूलाई जस्तो तस्वीर बनाउने इच्छा छ त्यस्तै प्रम्प्ट राख्न सक्नुहुन्छ ।)
  • यति भएपछि तपाईंले भनेको जस्तै तस्वीर देखिन्छ ।

श्रोत:टेकपाना 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update