Kath Khabar
इन्डियन आइडल-१२ का विजेता पवनदीप राजनको भयानक सडक दुर्घटना

                             काठमाडौं, वैशाख २२ ।  इन्डियन आइडल सिजन १२ का विजेता गायक पवनदीप राजनको भयानक सडक दुर्घटना भएको छ ।

दुर्घटनामा पवनदीपसँगै उनका दुई साथी गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि दिल्लीको अस्पतालमा रेफर गरिएको बताइएको छ ।

उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा सोमबार बिहान ३ः४० बजेतिर अमरोहामा दुर्घटना भएको थियो । यसै क्रममा उनको चालक अचानक निदाएको बताइएको छ । त्यही बेला अगाडिबाट एउटा क्यान्टरमा कार ठोक्किएको बताइएको छ । दुर्घटनामा उनको हेक्टर कार पनि नराम्ररी क्षतिग्रस्त भएको छ ।

डाक्टरहरूका अनुसार पवनदीपको दुवै खुट्टा भाँचिएको र उनको टाउकोमा पनि चोट लागेको बताइएको  छ ।
 

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update