Kath Khabar
हात्तीवनमा बिजुलीको पोलमा ठोक्कियो कार, तीन जना घाइते

                   ललितपुर, वैशाख २२ । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा गएराति कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा बा १५ च ७७६५२ नम्बरको कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ ।  

दुर्घटना हुँदा कारमा चारजना रहेको प्रहरीले जनाएको छ । विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन् भने चालक रूपक सापकोटाको भने सामान्य घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।कारको अगाडिको भाग पनि क्षतिग्रस्त भएको छ ।

चालकले मापसे गरेर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले बन्द गरिएको सवारी आवागमन अहिले एकतर्फी सञ्चालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर पोल हटाउन थालिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update