Kath khabar
मेनुकालाई भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर

 

                  काठमाडौं, मंसिर २५ । भारतमा जारी गायन रियालिटी शो ‘इन्डियन आइडल’मा उत्कृष्ट प्रस्तुति दिइरहेकी नेपालकी मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएकी छिन् ।

पुस ६० (डिसेम्बर २२) गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘सलार’ मा आफूले डेब्यू गायनको मौका पाएकी गायिका पौडेलले नै जानकारी दिएकी छिन् ।

मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो । ‘इन्डियन आइडल’ को उत्कृष्ट १४ मा पुगिसकेकी मेनुकाले हरेक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्  ।

झापा बिर्तामोडकी दृष्टिविहीन मेनुकाले नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’ को पहिलो सिजनमा समेत भाग लिएकी थिइन् तर कम भोटका कारण उनी टप ११ बाट बाहिरिइन् । नेपाली चलचित्र लिलिबिलीको ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी मेनुकाले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छिन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update