Kath khabar
धुलिखेल जीपलाइनमा 'विन्टर अफर', कति लाग्छ शुल्क ? कसरी पुग्ने ?


                काठमाडौं, मंसिर २६ । नेपालकै पहिलो सुपरम्यान जीपलाइन सञ्चालनमा ल्याएर देशभर जीपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जीपलाइनले 'विन्टर अफर' सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जीपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ ।

नेपालमा जीपलाइन सुरू भएको करिब एक दशकसम्म जीपलाइन खेल्नकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जीपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो । राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जीपलाइनको अर्को आकर्षण बन्यो ।

क्लासिक जीपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जीपलाइनर टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जीपलाइनवर्ल्ड-वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जीपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जीपलाइनऔसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ । करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जीपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् ।

कति लाग्छ शुल्क ?
क्लासिक जीपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ ।  सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए ।

कसरी पुग्ने ?
काठमाडौंको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जीपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन रहेको छ ।

जीपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दै हुनुहुन्छ भने धुलिखेल जीपलाइन बाटोमै पर्छ । केही मिनेट रोकिएर जीपलाइनको मज्जा लिएर जान सकिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update