Kath khabar
द्रुत बस सेवाको जानकारी अब ‘एप’ बाट पनि

 

                                   काठमाडौ, पुस ४ । काठमाडौंमा सञ्चालित द्रुत बस सेवाको जानकारी अब ‘एप’ बाट पनि लिन सकिने भएको छ ।

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सञ्चालित द्रुत बस सेवाबारे जानकारी दिन यातायात व्यवस्था विभागले ‘एक्सप्रेस बस सर्भिस नेपाल’ नामक एप सञ्चालनमा ल्याउन लागेको हो । अब एपमार्फत यात्रुले बस नम्बर, बस छुट्ने समय, बस कुन ठाउँमा पुग्यो वा बिसौनी कुन-कुन स्थानमा छन् भन्नेबारे जानकारी लिन सक्नेछन् ।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको द्रूत बस सेवाका बसहरू बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र बेलुकी साढे ३ बजेदेखि साढे ५ बजेसम्म सञ्चालनमा छन् । हाल ३६ वटा सञ्चालनमा रहेको द्रुतबस यात्रुको चापअनुसार ४२ वटासम्म सञ्चालनमा आउने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update