Kath khabar
क्रिसमस र न्यु एयरको अवसरमा आयो कमल मान सिंहको 'मायालु'



                      काठमाडौं, पुस ९ । केही समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा व्यस्त नायिका प्रियंका कार्की पुनः म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन् ।

एक हप्ता अगाडि हरिवंश आचार्यको मानव बेचबिखन विरुद्धको सन्देशमूलक गीतमा देखिएकी प्रियंका अभिनीत अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौँ हिट गीतहरूका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत 'मायालु' को  भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन । भिडियोमा प्रियंका राष्ट्र बैंक निर्देशक चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन् ।

कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ । रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन् । २ दशक भन्दा अगाडि देखि नेपाली सांगीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौँ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।


 

 

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update