Kath khabar
'नेपाल आइडल सिजन ५' मा पुनः पुरानै निर्णायक फर्किए

 

                    काठमाडौं, पुस ११ । चर्चित टेलिभिजन रियालिटी शो 'नेपाल आइडल सिजन ५' मा पुनः पुरानै निर्णायक फर्किएका छन् ।

सुरु देखि सिजन ३ सम्म देखिएका निर्णयकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले फेरी नेपाल आइडल सिजन ५ को निर्णायकको भूमिका निर्वाह गर्ने भएका हुन् ।

यसअघि सिजन ४ मा निर्णयहरु परिवर्तन भएका थिए जसमा गायक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए ।

यस्तै शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को-होस्टमा कलाकार रिमा विश्वकर्मा पनि पुनः फर्किएकी छिन् । यसअघि सिजन ४ मा रेश्मा घिमिरे रहेकी थिइन् ।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म हो । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाई कायम गरेको नेपाल आइडलमा सिजन १ देखि क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर विजेता बनेका थिए । सिजन ५ को अडिसन २१ पुसदेखि सुरु हुँदैछ ।

अहिले नेपाली सांगीतिक आकाशमा अहिले चर्चा कमाइरहेका निशान भट्टराई, रवि ओड, बुद्ध लामा, प्रताप दाश, विक्रम बराल, रचना रिमाल लगायतका गायक नेपाल आइडलकै उत्पादन हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update