Kath khabar
आइतबारदेखि एक हप्ता काठमाडौंका यि स्थानमा दैनिक चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने

 

                          काठमाडौं, माघ ६ ।  नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि एक हप्ता काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै आइतबारदेखि शनिबारसम्म दिनहुँ चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो। नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

आइतबार माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यस्तै ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मको क्षेत्र र १३ गते गणेश चोकदेखि स्पेशल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update