Kath khabar
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु
तस्विर : सन्तोष रौनियार

 

                      काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले न्युरोडको सडकमा पार्किङ गर्न रोक लगाएपछि न्युरोड क्षेत्रका व्यापारीहरु सटर बन्द गरेर आन्दोलनमा निस्केका छन् । व्यापारीहरुले पार्किङ नभएपछि ग्राहक पनि नआउने भन्दै विरोध जनाएका हुन् ।

मंगलबार बिहान महानगरले पार्किङ गरिएका सवारी साधनहरु हटाएको थियो । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै आज देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो।

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।

WhatsApp Image 2024-01-23 at 12.50.321705994907.jpeg

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update