Kath khabar
ललितपुर महानगरले आज र भोलि ज्येष्‍ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउँदै

 

                  ललितपुर, फागुन २ । ललितपुर महानगरपालिकाले आज ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउने भएको छ ।

निमोनियाको जोखिमबाट बचाउनको लागि महानगरक्षेत्रभित्र रहेका ७२ वर्ष माथिका ज्येष्ठ नागरिकलाई महानगरले आज र भोलि निःशुल्क निमोनिया विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यस अनुसार आज वडा नम्बर ४, १३, १४, १५, १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा खोप दिइनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लिन सकिनेछ । यस्तै भोलि बिहिबार वडा नम्बर १, २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९ र २० मा खोप दिइनेछ ।

ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो । यो वर्ष महानगरपालिकाले २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update