Kath khabar
गायक विधान श्रेष्ठको 'कान्छीको अल्लारे जोवन' नयाँ भर्सनमा आउँदै


                 काठमाडौं, फागुन १८ । बेग्लै किसिमको स्वर र गायनमा फरक शैलीका कारण चिनिने गायक तथा संगीतकार विधान श्रेष्ठले "कान्छीको अल्लारे जोवन" बोलको पुरानो गीतलाई रिमेक गरी नयाँ भर्सनमा ल्याउँदैछन् ।

८०/९० दशकका क्लासिक नेपाली पप र रक गीतहरूलाई पुनः परिकल्पना गर्दै ल्याइरहेको ओल्ड दरबारले प्रायोजन गरेको गायक श्रेष्ठको यो गीत शनिबार बेलुकी ७ बजे सार्वजनिक हुँदैछ ।  

सन् १९९७ मा रिलिज भएको यो गीत करिब २७ वर्षपछि पुनः नेपाली समाजमा गुञ्जिने भएको छ । विधान श्रेष्ठको आफ्नै प्रस्तुति रहेको यस गीतको संगीत निर्माण, पुर्नव्यवस्थापन र सञ्चालकमा मनोज कुमार केसी र मञ्जिल विक्रम केसी रहेका छन् ।

गायन र गीतका विषयवस्तु आम चलनचल्ती भन्दा फरक हुने भएकाले गायक श्रेष्ठको गायकीलाई सबैले रुचाउँछन् । विधानको राष्ट्रिय भावना जगाउने ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ बहुचर्चित गीत हो । देशभक्तिका भावहरूलाई लोक स्वादमा सुनाउन उनी खप्पिस छन् । यो नै उनको विशेषता हो । 

'वेस्ट अफ विधान‘ एल्बमबाट लिइएको कान्छीको अल्लारे जोवन’ युवा पुस्तामाझ सर्वकालिक हिट गीत हो जसमा उनकै पिता विजय श्रेष्ठको शब्द तथा संगीत रहेको छ । 

विधानले गाएका अधिकांश गीतहरू चर्चित भएका छन् । ‘बुहारी झार झैँ लजालु’, ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘आज नाच्छे मेरी गौरी’, ‘ग्यानबहादुर छोरो’, ‘कान्छीको अल्लारे जोवन’ जस्ता उनका दर्जनौँ गीत चर्चित छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update