
काठमाडौं, वैशाख २५ । केहि समय अघिदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘उनको स्विटर’ को बुधवार प्रिमियर सम्पन्न भएको छ ।
वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरको मुख्य भुमिकामा अभिनेता विपिन कार्की र मिरुना मगरलाई देख्न सकिन्छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
सामाजिक विषयवस्तुमा आधारित कथावस्तु रहेको यो चलचित्र आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्र हो । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन् । यो फिल्मलाई विदेशमा सेभेन सिज इन्टरनेसनल र नेपालमा काफिया फिल्म्सले वितरण गर्दैछ ।
यसै चलचित्रको प्रिमियरा हेर्न पुग्नुभएका ललितपुरको हात्तीबनस्थित आइ जे पायोनियर हाइ स्कुलका प्रधानाध्यापक रामु पाण्डेयले चलचित्र एकदमै राम्राे भएकाे र हेर्नैपर्ने बताउनुभएको छ । चलचित्रले आफ्नै कथा भनि दिए जस्तो लागेको उहाँले बताउनुभयो । चलचित्र सबैलाई हेर्न जान आग्रह गर्दै उहाँ भन्नुहुन्छ –
अति सरल, सर्जक हर्क साउदप्रति हार्दिक धन्यबाद
२/४ दिन अगाडी एउटा निमन्त्रणा पठाउनु भयो ‘ सम्भव भएसम्म आउछु भने पनि । २४ गते बुधबार साथीको बचन राख्नु पर्छ भन्ने लाग्यो र धेरै पछि नेपाली मुभी कस्तो के होला भन्दै सपरिवार पुगियो । हेर्दै जादा महसुस भयो कि अब नेपाली सिनेमाको खुराक, गुणस्तर अनि कलाकारहरुको प्रस्तुति दमदार हुन थालेछ । निर्माता, सर्जक अनि कलाकार सबै प्रति सम्मान । कति सहज रुपमा मौलिक विषय पस्किनु भएछ, धेरै ठाउँमा त आफैलाइ पो देखे जस्तो, आफ्नै कथा पो भनि दिए जस्तो लाग्यो ।
समग्र साथीभाइहरुलाइ आग्रह छ कि जानुस हेर्नुस् , मैले जस्तै आफैलाइ पाउनुहुन्छ, समय वा लगानी खेर जादैन ।
गएछ भने म जिम्मेवार छु, उनको स्विटर ले राम्रै न्यायो दिन्छ ।