Kath Khabar
कासा ब्याण्डद्वारा '"Echos of Himalaya" कार्यक्रमको एक साङ्गीतिक यात्रा

               काठमाडौं, साउन २२ । कासा ब्याण्डद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रम '‘Echos of Himalaya’'  यही श्रावण २३ गते, साँझ ६:00 बजे नेपाल पर्यटन बोर्डमा आयोजना हुँदैछ । यो कार्यक्रम नेपाली लोक संगीत, मौलिक पहिचान, इतिहास, र सामाजिक विविधताको उजागर गर्दै सांस्कृतिक धरोहरको जगेर्ना गर्ने दीर्घकालीन अभियान हो ।

'‘Echos of Himalaya’' कार्यक्रम केवल एक सांगीतिक प्रस्तुति मात्र होइन, यो एक सांस्कृतिक आन्दोलन हो, जसले हराउँदै गएका परम्परागत धुन, वाद्ययन्त्र, र लोकसंवेदनालाई नयाँ जीवन दिने प्रयत्न गरिरहेको छ। आजको डिजिटल युगमा जहाँ मुख्यधाराको संगीतले लोक धुनहरूलाई ओझेलमा पारेको छ, त्यही बेलामा कासा ब्याण्डले कार्यक्रम मार्फत् मौलिकतालाई जगेर्ना गर्नु अत्यन्तै आवश्यक र सराहनीय ठानेर यो कार्यक्रम गर्न लागेके हो । 

यस कार्यक्रमको केन्द्रमा गायिका तथा मोडल अश्मिता परियारले लिनु भएको छ ।  कार्यक्रममा  इन्दिरा लाछिमस्यु, अनु गान्धारी, डोमा शेर्पा, माला वाइबा, विष्णु देवलगायत विभिन्न जातीय पृष्ठभूमिका महिला र युवा कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ।

कार्यक्रममा नेपालका विभिन्न जातजाति, क्षेत्र र संगीत परम्परा प्रतिनिधित्व गर्ने अनुभवी तथा युवा कलाकारहरूको संगम रहेको छ। तिनका वाद्ययन्त्रहरू, प्रस्तुतीकरण शैली, र भावनात्मक समर्पणले कार्यक्रमलाई उच्चतम स्तरमा पुर्याउने विश्वस लिएको छ ।


 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update